काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव गर्नका लागि संसद विघटन नगरिएको बताएका छन् । विपक्षी पाँच दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले षड्यन्त्रपूर्वक देशलाई संकटमा धकेल्न चुनावको घोषणा गरिएको बताए । प्रचण्डले यो संसदलाई नरुचाएका शक्तिहरुले विघटन गरेको जिकिर गर्दै सरकारको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानूनी प्रतिवाद गर्ने बताए ।…