काठमाडौं । वैकल्पिक सरकार गठनका लागि मुख्य भूमिका खेलिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ । देउवा निवास बूढानिलकण्ठमा भैरहेको भेटवार्तामा सरकार गठनका लागि समय घर्किँदै जाँदा कसरी अगाडि बढ्ने विषयमा छलफल हुँदैछ । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समय आज राति ९ बजे सकिँदैछ ।…