न्युजिल्याण्ड। यौन दुर्व्यवहारको आरोपपछि न्युजिल्यान्डका एक टेलिभिजन पत्रकारले पदबाट राजीनामा दिएका छन् । वरिष्ठ टेलिभिजन पत्रकार कमहल सान्तामारियाले यौन उत्पीडन र कार्यस्थलमा अनुपयुक्त व्यवहारको आरोप लागेपछि न्युजिल्यान्डको लोकप्रिय समाचार च्यानल टिभिएनजेडबाट आफ्नो पदबाट राजीनामा दिएका छन् । यसअघि अल जजीरामा प्रेजेन्टरको रूपमा काम गरिसकेका सान्तामारियालाई सहकर्मीहरूलाई अनुपयुक्त सन्देश पठाउने र धेरै अवसरहरूमा महिलाहरूलाई उत्पीडन गरेको…