काठमाडौं । पाकिस्तानको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित दूतावास परिसरमा झण्डा फहराउने कार्यक्रम आयोजना गरिएको छ । राजदूत अब्रार एच। हाश्मीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका छन्। कार्यक्रममा पाकिस्तानी समुदाय, नेपाली मित्रहरू तथा दूतावासका कर्मचारीहरू आफ्ना परिवारसहित उपस्थित भएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । यस वर्ष स्वतन्त्रता दिवस “मार्का-ए-हक” मा विजयको उत्साहका साथ मनाइएको हो ।…