२१ भदौ २०८३, आइतबार | September 6, 2026

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले नेपालको भूमि तथा सीमामाथिको अतिक्रमण रोक्न सरकारले तत्काल प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानले सुस्ता क्षेत्रको सीमा समस्या दशकौँदेखि समाधान हुन नसकेको भन्दै त्यसको स्थायी समाधान गर्न सरकारसँग आग्रह गरेको हो । सुस्ता बचाउ अभियानका अध्यक्ष आदम…