बुटवल । तिलोत्तमा नगरपालिका-४ डिङरनगरस्थित सिद्धार्थ माविमा दशौँ जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । विद्यार्थीहरूमा अन्तरनिहित वाक् प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरीएको हो । ‘वैदेशिक रोजगारीः उपलब्धि, समस्या र समाधान’ शीर्षकको वक्तृत्वकला प्रतियोगितामा जिल्लाभरका ३५ विद्यालयको सहभागिता रहेको थियो । जसमा डन मोडल ऐकेडेमीकी छात्रा संजिला अधिकारी…