बुटवल । इन्फोडेभलपर्स प्रा.लि, अंकुर ईन्फोटेक र जिल्ला सहकारी संघको संयुक्त आयोजनामा बुटवलमा डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सहकारीका सञ्चालकहरुलाई साईवर सुरक्षा, सहकारीमा डिजिटलाइजेसनको महत्वबारे जानाकारी दिने उद्देश्यले डिजिटल सचेतना तथा सहकारी भेटघाट कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रमेश आचार्यले…