नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ३ जना विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ । पक्राउ परेका उनीहरुले अस्पतालमा कार्यरत एकजना नर्सलाई घाँटी च्यापेर आक्रमण गरेको र अन्यलाई पनि साँघातीक आक्रमण गरेको अभियोग लगाउँदै बाँके प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराएको हो । उनीहरु विरुद्ध जिल्ला अदालत बाँकेमा…