रुपन्देही । कोरोनाभाइरस पत्रकार महिला तथा सञ्चारकर्मीका लागि पीडादायी बनेको र यसले पत्रकारिता पेसा नै कमजोर भएको निष्कर्ष निकालिएको छ । सञ्चारिका समूह लुम्बिनी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको ‘कोभिड–१९ र पत्रकार महिलाको अवस्था’ विषयक अन्तरक्रियामा कोरोना भाइरस सङ्क्रमणले सञ्चारमाध्यमको आयस्रोत गुमेको र अधिकांश पत्रकार महिलाको रोजीरोटी खोसिएकाले समस्या भएको निचोड निकालिएको हो । कार्यक्रममा…