बुटवल । प्रदेशको स्थायी राजधानी बुटवलबाट दाङ सार्ने प्रदेश सरकारको प्रस्तावका विरुद्ध बुटवलमा जारी आन्दोलनमा सहभागि हुन नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्ना कार्यकर्ताहरुलाई बाटो खोलिदिएको छ । नेकपाको रुपन्देही जिल्ला कमिटी, बुटवल उपमहानगर कमिटी तथा स्थानीय पालिका स्तरीय कमिटीहरुले प्रदेश राजधानीका सम्बन्धमा जारी आन्दोलनमा एक्यबद्धता जनाएपछि कार्यकर्ताहरुलाई आन्दोलनमा सहभागि हुने बाटो फुकेको हो । आफ्नै…