काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले क्रियाशील सदस्यतालाई चाँडो टुङ्ग्याएर १४ औँ महाधिवेशन गर्नुपर्ने बताएका छन्। कांग्रेस काठमाडौंस्थित जिल्ला सम्पर्क समितिद्धारा शनिबार आयोजित ‘वर्तमान सङ्कटमा काँग्रेसको भूमिका’ विषयक भर्चुअल सम्वाद कार्यक्रममा उपसभापति निधिले अब पार्टीका सबैतहले महाधिवेशनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए । “आठ लाख हाराहारीमा क्रियाशिल सदस्यता पार्टी केन्द्रीय कार्यालयमा दर्ता भइसकेको…