३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

कोरोना संक्रमित बढेसंगै रुकुमपूर्वका सीमा बन्द



रुकुमपश्चिम । कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि रुकुमपश्चिममा उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ ।

रुकुम पश्चिममा कर्मचारी र प्रहरीसहित आइतबार एकै दिन १८ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै सीमानाका बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सोमबार राती १२ः०० बजेदेखि लागु हुने गरी भदौ १४ गते राती १२ः०० बजेसम्म सीमानाका बन्द गरिएको जनाएको छ । रुकुमपूर्वसँग सिमाना जोडिएका रुकुमपश्चिमका खोपीचार, छिङ, भलखोला, बागलुङको पातीहाल्ना, रोल्पाको धर्मशाला लगायतका क्षेत्र बन्द गरिएको छ ।

सोमबार बसेको डीसीसीएमसीको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमानाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । कसैलाई जिल्ला भित्रिनैपर्ने भए पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको प्रजिअ राईले जानकारी दिए ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ६ : १२ बजे

आजको मौसम : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि

मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का