१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

कोरोना संक्रमित बढेसंगै रुकुमपूर्वका सीमा बन्द



रुकुमपश्चिम । कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि रुकुमपश्चिममा उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ ।

रुकुम पश्चिममा कर्मचारी र प्रहरीसहित आइतबार एकै दिन १८ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा पनि सङ्क्रमणको जोखिम बढेको भन्दै सीमानाका बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सोमबार राती १२ः०० बजेदेखि लागु हुने गरी भदौ १४ गते राती १२ः०० बजेसम्म सीमानाका बन्द गरिएको जनाएको छ । रुकुमपूर्वसँग सिमाना जोडिएका रुकुमपश्चिमका खोपीचार, छिङ, भलखोला, बागलुङको पातीहाल्ना, रोल्पाको धर्मशाला लगायतका क्षेत्र बन्द गरिएको छ ।

सोमबार बसेको डीसीसीएमसीको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सीमानाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए । कसैलाई जिल्ला भित्रिनैपर्ने भए पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको प्रजिअ राईले जानकारी दिए ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ६ : १२ बजे

देशभर २१ विपद्का घटना, आठ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौँ । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ

नयाँ बसपार्कमा खुल्यो ट्राफिक प्रहरीको यात्रु सहायता कक्ष

काठमाडौं । काठमाडौँको नयाँ बसपार्कमा ‘सुरक्षित सडक र सवारी, हामी

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल : नेपाल पुलिस र सभापोखरी फाइनलमा

बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल

सङ्घीय संसद् कमजोर भएको छैन : सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा