२५ श्रावण २०८३, सोमबार | August 10, 2026

खजुरा गाउँपालिका ७ मा प्रसुती गृह शिलान्यास



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा प्रसुती गृहको शिलान्यास गरिएको छ ।

सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले शिलान्यास गरेका हुन ।

१८ लाख ४१ हजार लागत रहेको प्रसुती भवनको शिलान्यास गर्दै अध्यक्ष कक्षपतिले खजुरा वडा नं. ७ जहाँ मुस्लिम र मधेशी बाहुल्य बस्ती छ त्यहाँ निर्माण हुन लागेको भवन उपयोगी हुने बताए । खजुरालाई स्वास्थ्यको हव बनाउन गाउँपालिका अग्रसर हुँदा आधारभुत स्वास्थ्य सेवादेखि विशेषज्ञ सेवा उपलब्धतामा खजुरा अगाडि बढ्दै गएको अध्यक्ष कक्षपतिले उल्लेख गरे ।

खजुरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खानले सोनपुर स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य उपकरणको अभाव रहेकाले सहयोगका लागि आग्रह गरे । इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले बाँकेको राप्तीसोनारी गाउँपालिका कचनापुर र खाशकुश्मा निर्माण भएको प्रसुती भवनको हस्तान्तरण गरिएको, जानकीको बेलभारमा हस्तान्तरण गर्ने क्रममा रहेको, खजुरा र नरैनापुरमा यो वर्ष निर्माण गरिनुका साथै बैजनाथ गाउँपालिकामा आगामी वर्ष २ वटा भवन निर्माण गरिने जानकारी दिए ।

खजुराको सोनपुरमा निर्माण हुन लागेको भवन भवरभवानी निर्माण सेवाले ४ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण व्यवसायी मदन बोहराले जानकारी दिए । शिलान्यास कार्यक्रममा आड्रा नेपालका क्षेत्रीय प्रमुख तर्क थापाले नवजात शिशु तथा बालसुधार परियोजना अन्तरगत सो प्रसुती भवनको निर्माण गर्न गइरहेको बताए ।

कार्यक्रममा खजुरा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, इन्जिनियर सोनु शाह, सबइन्जिनियर प्रकाश कठायत, इन्रुडेकका कोषाध्यक्ष नाजुमा खातुन लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ५ : ३३ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका