४ पुस २०८२, शुक्रबार | December 20, 2025

खजुरा गाउँपालिका ७ मा प्रसुती गृह शिलान्यास



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा प्रसुती गृहको शिलान्यास गरिएको छ ।

सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले शिलान्यास गरेका हुन ।

१८ लाख ४१ हजार लागत रहेको प्रसुती भवनको शिलान्यास गर्दै अध्यक्ष कक्षपतिले खजुरा वडा नं. ७ जहाँ मुस्लिम र मधेशी बाहुल्य बस्ती छ त्यहाँ निर्माण हुन लागेको भवन उपयोगी हुने बताए । खजुरालाई स्वास्थ्यको हव बनाउन गाउँपालिका अग्रसर हुँदा आधारभुत स्वास्थ्य सेवादेखि विशेषज्ञ सेवा उपलब्धतामा खजुरा अगाडि बढ्दै गएको अध्यक्ष कक्षपतिले उल्लेख गरे ।

खजुरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खानले सोनपुर स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य उपकरणको अभाव रहेकाले सहयोगका लागि आग्रह गरे । इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले बाँकेको राप्तीसोनारी गाउँपालिका कचनापुर र खाशकुश्मा निर्माण भएको प्रसुती भवनको हस्तान्तरण गरिएको, जानकीको बेलभारमा हस्तान्तरण गर्ने क्रममा रहेको, खजुरा र नरैनापुरमा यो वर्ष निर्माण गरिनुका साथै बैजनाथ गाउँपालिकामा आगामी वर्ष २ वटा भवन निर्माण गरिने जानकारी दिए ।

खजुराको सोनपुरमा निर्माण हुन लागेको भवन भवरभवानी निर्माण सेवाले ४ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको निर्माण व्यवसायी मदन बोहराले जानकारी दिए । शिलान्यास कार्यक्रममा आड्रा नेपालका क्षेत्रीय प्रमुख तर्क थापाले नवजात शिशु तथा बालसुधार परियोजना अन्तरगत सो प्रसुती भवनको निर्माण गर्न गइरहेको बताए ।

कार्यक्रममा खजुरा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, इन्जिनियर सोनु शाह, सबइन्जिनियर प्रकाश कठायत, इन्रुडेकका कोषाध्यक्ष नाजुमा खातुन लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ५ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको