१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बाँकेबाट एकै दिन ६० जना डिस्चार्ज, संक्रमणको तुलनामा डिस्चार्ज बढी



नेपालगन्ज । शुक्रबार बाँकेबाट ६० वर्षिय महिलासहित ६० जना कोरोना संक्रमित आइसोलेसन अवधि पुरा गरेर डिस्चार्ज हुँदैछन ।

शुक्रबार सम्ममा बिना लक्षण आईसोलेट भएर १४ दिन पुरा गरेका १९ महिला र ४१ पुरुष गरी ६० जनालाई घर पठाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उनिहरुलाई भदौ १८ गते कोरोना संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो ।

आज डिस्चार्ज भएसङ्गै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार १ सय ९२ पुगेको छ ।

अहिले बाँकेमा विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ३ जना समेत गरी ३ सय ३८ जना संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ५ सय ४६ रहेको छ भने भने ४ पुरुष र ४ महिला गरी ८ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ९ : ५४ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण