२० बैशाख २०८३, आइतबार | May 3, 2026

सूचना नदिएको भन्दै खजुरा वडा नम्बर ८ कार्यालयमा तालाबन्दी



खजुरा । माग भए अनुसार समयमा सूचना नदिएको भन्दै खजुरा गाँउपालिकाको वडा नम्बर ८ को वडा कार्यालयमा स्थानीयले ताला लगाइदिएका छन् । वडा कार्यालयले गरेको गतिबिधिको जानकारी माग गर्दै सूचना प्राप्त गर्न दिएको निवेदनको बेवास्ता गरिएपछि वडा कार्यालयमा तालाबन्दी गरिएको स्थानीयले बताएका छन् ।

ग्रामीण आवास कार्यक्रम, वडाले गरेको खर्च तथा हिमपाईप, बिजुली पोल लगायतको खर्च विवरण माग गर्दै स्थानीय नागरिकहरुको तर्फबाट सूचना माग गरेपनि वडा कार्यालयले सूचना दिन आनाकानी गरेको स्थानीय नारायण पौडेलले बताए ।

वडा नम्बर ८ का वडा अध्यक्ष फिरोज खानले भने वडाले गरेका सबै क्रियाकलापहरु वडा कार्यालयको सूचनापाटीमा टाँस गरिएको तर स्थानीयबाटै त्यस्ता सूचनाहरु च्यात्ने काम गरिएका कारण कतिपय स्थानीय सूचना पाउनबाट बन्चित भएको बताए । उनले पालिकाको कुनै भूमिका नरहेको ग्रामीण आवासका विषयमा पटक पटक सूचना माग गरिएको र सो सम्बन्धमा वडा कार्यालयलाई जानकारी नहुने बताए ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ४ : ४४ बजे

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह

सबै कम्युनिस्ट एकताबद्ध भएर क्रान्तिको सपना पूरा गर्छौ : प्रचण्ड

रुकुम पश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, नविकरण नगरे जिम्मेवारीबाट मुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ । सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा