१ चैत्र २०८२, आइतबार | March 15, 2026

खजुरा खानेपानीमा सत्ता गठबन्धनका उम्मेदवारको जीत



खजुरा । बाँकेको खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा सत्ता गठबन्धन निकट प्यानलका उम्मेदवारहरु बिजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा प्रमुख विपक्षी एमाले र राप्रपा गठबन्धनका अधिकाँस उम्मेदवारहरु पराजीत भएका छन् ।

दलगतरुपमा छुट्टछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका उपभोत्ताहरुमा काँग्रेस निकट नोकबहादुर गोदार (अरबिन्द) प्रतिद्वन्दी एमाले निकट उम्मेदवार सतिस निरौलालाई ६४ मतान्तरले बीजयी भएका छन् । निरौलाले २६९ मत ल्याउँदा गोदारले ३३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा एमाले निकट मोहन बहादुर खड्कालाई २८१ मतमा सिमित गराएर श्रवणध्वज खड्का २९२ मतका साथ बिजयी बनेका छन् भने सचिवमा एमाले निकट मिरा खनालले २६८ मत पाउँदा माओवादी निकट मदन सुनारले २८८ मतका साथ चुनाव जितेका छन् । कोषध्यक्षमा पनि एमालेका सिपी खड्काले प्राप्त गरेको २६७ मतका विरुद्ध माओवादीकी गिता सावकोटाले ३२१ मतका साथ बिजयी बनेकी छिन् ।

महिला सदस्यमा भने एमालेकी पम्फा तिवारी बिजयी बनेकी छिन् । उनले नन्दकली खरेललाई २६९ मतमा सिमित राख्दै ३०३ मत ल्याएर बिजयी बनेकी हुन् ।

६ जना सदस्यमा ३ जना एमाले निकट प्यानलबाट बिजण्ी भएका छन् भने ३ जना सत्ता गठबन्धनले हात पारेको छ । खानेपानीको चुनावलाई बाँकेमा दलहरुले आगामी स्थानीय तहको निर्वाचनको पूर्वसंकेतकारुपमा उपयोग गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : ३३ बजे

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । चाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा

ट्याक्टरको ठक्करमा मृत्यु

इनरुवा । हरिनगर गाउँपालिका-१ मा गए राति सवारी दुर्घटनामा एक

एनआरएनए नागरिकता : कार्यान्वयन सुनिश्चित गर्न कानुन संशोधनको माग

काठमाडौं । गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न

दोस्रो पुस्ताका एनआरएनलाई नेपालप्रति आकर्षित गर्न यस्ता छन् डा. हेमराज शर्माका योजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं भावी