२८ बैशाख २०८३, सोमबार | May 11, 2026

नेपालमा एकै दिन ४५७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु



काठमाडौं । पछिल्लो चरणमा फैलिन थालेको कोरोना संक्रमणमध्ये सोमबार सबैभन्दा धेरै जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार पनि थप एक जनाको मृत्‍यु भएको छ ।

४ हजार ६५१ जनाको परीक्षण गरिएकोमा ४५७ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित बढ्दै गएसँगै भाइरसका सक्रिय संक्रमितको संख्या पनि बढेर १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।

 

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ४ : ३६ बजे

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

काठमाडौं । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका

टर्किस एयर विमान आगलागी : अन्तर्राष्ट्रिय उडान प्रभावित, ४ बच्चासहित २७७ यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी भएपछि

इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको टर्किस एयरलाइन्सको

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका