काठमाडौं । पछिल्लो चरणमा फैलिन थालेको कोरोना संक्रमणमध्ये सोमबार सबैभन्दा धेरै जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार पनि थप एक जनाको मृत्यु भएको छ ।
४ हजार ६५१ जनाको परीक्षण गरिएकोमा ४५७ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, १ हजार ३८६ जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमित बढ्दै गएसँगै भाइरसका सक्रिय संक्रमितको संख्या पनि बढेर १ हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८जना संक्रमणमुक्त भएका छन् ।




















प्रतिक्रिया