१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित हुनु संसदीय परम्पराविपरीत : अमरेशकुमार सिंह



काठमाडौं । अमरेशकुमार सिंहले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएका छन् ।

मंगलबार जारी प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सिंहले सरकारले परम्परा तोड्ने नाममा संसदीय अभ्यास कमजोर बनाउने काम गरिरहेको आरोप लगाए ।

उनले संसदीय व्यवस्थामा बजेटसम्बन्धी छलफल हुँदा अर्थमन्त्री अनिवार्य रूपमा उपस्थित हुने परम्परा रहेको उल्लेख गर्दै त्यसलाई सरकारले दृढतापूर्वक पालना गर्नुपर्ने बताए । अर्थमन्त्रीको अनुपस्थितिमा बजेट विनियोजन विधेयकमाथि छलफल सञ्चालन गर्नु संसद्को औचित्यमाथि नै प्रश्न उठाउने विषय भएको उनको भनाइ थियो ।

सांसद सिंहले “नयाँ” को नाममा सबै परम्परा भत्काउने प्रवृत्ति गलत भएको टिप्पणी गर्दै संसदीय प्रणालीको गरिमा जोगाउन सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले आफू पाँच पटक सांसद निर्वाचित भइसकेको उल्लेख गर्दै आफ्नो संसदीय अनुभवमा अर्थमन्त्री अनुपस्थित रहेको अवस्थामा बजेटसम्बन्धी छलफल भएको पहिलो पटक देखेको बताए ।

उनले संसद् जनताका आवाज सरकारसमक्ष राख्ने थलो भएकाले संसदीय प्रक्रियालाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने धारणा राखे ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलबार  २ : ३१ बजे

जनकपुरविरुद्ध लुम्बिनीले दियो १५० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत लुम्बिनी

ठुलो एकादशीका दिन लोक-भजन प्रतियोगिता हुने

खजुरा । बाँकेको खजुरा स्थित लक्ष्मीनारायण विराट दिब्यधाम परिषरमा अन्तर

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा । सिरहामा बिहीबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको

तिहारको पूर्वसन्ध्यामा तोलामा १३ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको भाउ ह्वात्तै बढेको

आइजिपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे कार्की

काठमाडौं । आईजीपीमा पुनर्बहालीको माग गर्दै पूर्वआइजिपी दानबहादुर कार्की सर्वोच्च