२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना संक्रमित थपिने क्रम रोकिएन, २४ घण्टामा ३६११ जनामा संक्रमण पुष्टि, २७को मृत्यु



काठमाडौं । शुक्रबार देशभर ३६११ जना कोरोना संक्रमित थपिएका छन् ।

१४ हजार ६६१ जनामा गरिएको परीक्षणमा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९७८३ आरटी पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जनामा संक्रमण देखिएको छ । यस्तै ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् । हालसमम कुल संक्रमितमध्ये ६ लाख ५२ हजार २६१ जना कोरोना संक्रमित संक्रमण मुक्त भैसकेका छन् । यो कुल संक्रमण दरको ९४ दशमलव १ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ९ हजार ८३४ जनाको मृत्यु भैसकेको छ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ४ : ५२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती