२२ माघ २०८२, बिहिबार | February 5, 2026

स्याङ्जामा कांग्रेसका १० हजार बढी नयाँ क्रियाशील सदस्य



स्याङ्जा । स्याङ्जामा नेपाली कांग्रेसका १० हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् ।

पार्टीको आसन्न १४औं महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ १० हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिए ।

तेह्रौं महाधिवेशनमा क्रियाशील रहेका पुराना सदस्य ११ हजार २५६ रहेकामा ९ हजार ३४१ जनाले नवीकरण गरेका हुन् । क्रियाशील सदस्य संख्यालाई दोब्बर बनाउने लक्ष्यअनुसार थप क्रियाशील सदस्यता वितरण गरिएको कावा सभापति रानाले बताए ।

जिल्लामा पुरानो क्रियाशील सदस्यमध्ये हाल नवीकरण भएका ९ हजार ३४१ र नयाँ सदस्यता १० हजार ८ गरी कूल १९ हजार ३४९ रहेका छन् ।

५ नगरपालिका र ६ वटा गाउँपालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै वालिङ नगरपालिकामा ४ हजार ३८५ र सबैभन्दा कम हरिनास गाउँपालिकामा ४९३ जना क्रियाशील सदस्य रहेका छन् ।

वालिङमा नयाँ २ हजार २३९, पुतलीबजारमा १ हजार ६१०, चापाकोटमा १ हजार ३५१, गल्याङमा १ हजार १७१, भिरकोट नगरपालिकामा १ हजार ८० थपिएका हुन् ।

कालीगण्डकीमा ६८८, आँधीखोलमा ४५३, अर्जुनचौपारीमा ४३१, बिरुवामा ४२१, फेदीखोलामा ३१० र हरिनास गाउँपालिकामा २५४ नयाँ क्रियाशील सदस्यता थपिएको छ । नयाँ र पुराना क्रियाशील सदस्यता गरी वालिङमा ४ हजार ३८५, पुतलीबजारमा ३ हजार १५९, चापाकोटमा २ हजार ४१५, गल्याङमा २ हजार ३८१, भिरकोटमा १ हजार ९६० रहेका छन् ।

कालीगण्डकीमा १ हजार ३४८, आँधीखोलामा ९१५, अर्जुनचौपारीमा ८८७, बिरुवामा ८२८, फेदीखोलामा ५७८ र हरिनासमा ४९३ क्रियाशील सदस्य पुगेका छन् । आसन्न १४औं महाधिवेशनका लागि वडा, नगर, क्षेत्र, जिल्ला तथा केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपनि पछिल्लो समयमा आएर स्थगित भएको छ ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा तातेको जिल्लाको चुनावी सरगर्मी निर्वाचनको मिति सरेसँगै विस्तार घटेको छ । यद्यपि विभिन्न तहमा उम्मेदवारीको आकांक्षीमा देखिएका नेताले भने भेटघाटलाई निरन्तरता दिएका छन् ।

नेताहरू सामूहिक वा व्यक्तिगतरूपमा कार्यकर्तालाई आफ्नो पक्षमा पार्नका लागि रणनीति बुन्दैछन् । वडा, नगर, क्षेत्र तथा जिल्लामा नेतृत्वमा सम्भावित आकांक्षीमध्ये केहीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले पर्ख र हेरको अवस्थामा रहेका देखिन्छन् । रासस

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १० : ३४ बजे

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको