काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली आजको बैठकमा भने सहभागी भएका छन् । गत १८ गते बसेको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि स्थगित भएको थियो । केहिबेर अगाडि सुरू भएको बैठकमा प्रधानमन्त्री ओली सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए…