बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुटवल९११० स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सुरु भएको छ । प्रतियोगिताको समुद्घाटन समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले खेलकुदको माध्यमबाट बुटवललाई मुलुकभर फरक पहिचान दिलाउने लक्ष्य रहेको बताए । उनले बुटवलका शैक्षिक संस्था तथा यहाँ सञ्चालन हुने विभिन्न खेलकुद…