बुटवल । श्रीनगर फिल्मस् प्रोडक्सन प्रालि, बुटवलले कोरोना रोगको कारण संसार त्राहिमाम् भएको अवस्थामा सोही रोगका कारण आमनागरिकमा पर्न गएको असर र बच्ने उपायहरुका सन्दर्भमा तीजको कोसेली लकडाउन बजारमा ल्याएको छ । कोरोनाले नेपाली नागरिकहरुले पाएको दुःखकष्ट,भोकभोकै सुत्न परेको मजदुरको पीडा,घरपरिवारबीच कोरोनाका कारण मनोवैज्ञानिक असर, राहतपनि नपुग, विदेशमा बसेका नेपालीहरुलाई घरमा बसेका आमाबाबाले सम्झिएर रुदै…