भक्तपुर । भक्तपुरका ४८ हजार २५७ जनाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो मात्रा लगाएका छन् । जिल्लाका चार नगरपालिकामा सञ्चालित दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत सो सङ्ख्यामा खोप लगाइएको हो । स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार खोप कार्यक्रममा सूर्यविनायकमा १२ हजार ४५२ , मध्यपुरथिमिमा ११ हजार ३१९ , भक्तपुरमा १६ हजार ३४७…