बुटवल । प्रदेशको शान्ति सुरक्षा मजबुत बनाउन भन्दै लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई मोटरसाईकल उपलब्ध गराएको छ । सोमबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सशस्त्र र नेपाल प्रहरीका बिभिन्न निकायलाई ५० वटा मोटरसाईकल हस्तान्तरण गरेको छ । जनताको शान्ति सुरक्षा चुस्त दुरुस्त होस…