१० बैशाख २०८३, बिहिबार | April 23, 2026

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई सुनिलकुमार पोखरेलको इजलासमा



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दाको पेसी न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी आजका लागि तोकिएको हो।

उनी विरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराधको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा अदालतले उनलाई धरौटीमा छोडे पनि प्रहरीले दुःख दिने मनसाय राखेर पक्राउ गरेको र म्याद थप गराएको दाबी गर्दै सर्वोच्चमा निवेदन दर्ता गरिएको हो ।

निवेदनमा प्रसाईँ क्यान्सर जस्तो गम्भीर रोगको बिरामी भएको तर राज्यले दुःख दिने नियतले एकपछि अर्को आरोप लगाउने गरेकाले २४ घण्टाभित्र अदालत झिकाएर साधारण तारेखमा रिहा गर्न आदेशमा माग गरिएको छ।

प्रसाईँका तर्फबाट यसअघि पनि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उक्त निवेदनमा सुरुमा २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउने आदेश भएको थियो भने पछि खारेज गर्ने फैसला सुनाएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : ४६ बजे

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना

उद्योगी शेखर गोल्छा पक्राउ

काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन्। काठमाडौं जिल्ला

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग

काठमाडौं । हिमाली क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूले हिमाली क्षेत्रमा शैक्षिकसत्रको