काठमाडौं । गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइसम्बन्धी नयाँ प्रस्तावमा हमास सहमत भएको छ । प्यालेस्टिनी सशस्त्र समूह हमासले मध्यस्थकर्ताहरूले अघि सारेको प्रस्ताव स्वीकार गरेको बीबीसीलाई दिएको प्रतिक्रियामा पुष्टि गरेको हो । इजिप्ट र कतारको पहलमा तयार भएको यो प्रस्ताव अमेरिकी राजदूत स्टिभ विटकफले जुन महिनामा प्रस्तुत गरेको रूपरेखामा आधारित रहेको बताइएको छ । प्रस्तावअनुसार…