भैरहवा । रुपन्देहीमा पनि लघुवित्त विरोधी आन्दोलन चर्कन थालेको छ । लघु वित्तीय संस्थाले ज्यादती गरेको भन्दै लघुवित्तपीडितहरुले रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति नेपालको आयोजनामा पीडितहरुले भैरहवामा प्रदर्शन गरेका हुन् । प्लेकार्ड सहित विरोध प्रदर्शनमा निसकेका पीडितहरुले लघु वित्तीय संस्था खारेज गर, लघुवित्तीय संस्थाहरु द्वारा लगाइएको सामुहिक ऋण मिनाहा…